पूर्वाञ्चल खबर

पहिलो हापमा दवै टिमले २–२ गोलको बराबरी खेलेका थिए । खेलको ११ औ मिनेटमा आयोजकका अभिशेक गुरूङले खाता खेलेका थिए । मोरङले शुरुवाती अग्रता लिएको ४ मिनेट वित्न नपाउँदा पाहुना टाली कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल गरे । ३८ औं मिनेटमा कालकाताका अनिमेसले हेड गरेको बलले जारी चुमेपछि खेल २–१ को अवस्थामा पुग्यो । मोरङले पहिलो हाफको अतिरिक्त १२ औ मिनेटमा दोर्जे तामाङले पेनाल्टीबाट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
खेल सकिन १ मिनेट बाकी रहेको अवस्थामा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । उनी खेलको प्लेयर अफ म्याच समेत घोषित भए ।
प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ सहित ट्रफिहात पार्ने छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वाेकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वाेत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम भएको थियो ।
मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले बताए ।