खबर पूर्वाञ्चल
मोरङले आज विराटनगरको शहिद मैदानमा भएको रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक मोरङले संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो हापमा दवै टिमले २–२ गोलको बराबरी खेलेका थिए । खेलको ११ औ मिनेटमा आयोजकका अभिशेक गुरूङले खाता खेलेका थिए । मोरङले शुरुवाती अग्रता लिएको ४ मिनेट वित्न नपाउँदा पाहुना टाली कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल गरे । ३८ औं मिनेटमा कालकाताका अनिमेसले हेड गरेको बलले जारी चुमेपछि खेल २–१ को अवस्थामा पुग्यो । मोरङले पहिलो हाफको अतिरिक्त १२ औ मिनेटमा दोर्जे तामाङले पेनाल्टीबाट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
खेल सकिन १ मिनेट बाकी रहेको अवस्थामा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । उनी खेलको प्लेयर अफ म्याच समेत घोषित भए ।
प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ सहित ट्रफिहात पार्ने छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वाेकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वाेत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम भएको थियो ।
मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले बताए ।