खबर पूर्वाञ्चल
गुल्मीको मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा आज मृत्यु भएको हो ।
एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिँदै आएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।
यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।