AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको जीवन रक्षाको लागि अपिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७७, मंगलवार १९:१६
450
Shares
फाइल तस्वीर
विराटनगर / चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी आमरण अनसनमा रहनुभएको डा. गोविन्द केसीको जीवन रक्षा गर्न अपिल गरिएको छ ।

आमरण अनसनमा रहोकोले उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्ने बताएका छन् । विराटनगरका नागरिक अगुवा, बुद्धिजीवी, सामाजिक मानव अधिकारीहरूसहित विभिन्न २२ वटा संस्थाले डा. केसीको जीवन रक्षाको लागि ध्यानाकर्षण भएको जनाएको छ ।

तारेन्द्रमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, प्रा.कृष्ण पोखरेल, दिनेश श्रेष्ठ, सोमराज थापा, विश्वनाथ रिजाल, मोहन भण्डारी, डिकप्रसाद घिमिरे, डा. फरवर्ड सिलवाल, रामबावु दाहाल, मधु पोखरेल, डा. सम्झना प्रधान, मीनाकुमारी जोशी, भैरव रिजाल, राकेश मिश्र, सत्तार अन्सारी, भक्तिमान धिमाल, बासुदेव न्योपाने, उत्तम ढुंगेल, मंजिता उपाध्याय र सीता शर्मा दाहालले आज जारी गरेको अपिलमा डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराइएको हो । ‘डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र डो केसीले उठाएका मागहरु सम्बोधन गर्नका लागि सरकारसँग हामी जोडदार माग गर्दर्छौंंं,’ जारी गरिएको अपिलमा उल्लेखछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर