AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबल : छात्रातर्फ अर्किड र रेडस्टार छात्रतर्फ शिक्षा सन्देश र रेडस्टार फाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८२, शुक्रबार १८:०८
135
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको हिसान फुटबल अन्तरगत छात्रातर्फ अर्किड र रेडस्टार तथा छात्रतर्फ शिक्षा सन्देश र रेटस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।

शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा अर्किड कलेजले जेभिर्यस कलेजलाई पेनाल्टी सुट आउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भइन् ।

दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच सलिजा राईले २ गोल गरिन भने सुहाना राईले २ गोल तथा स्मृती राई र निसा लिम्बुले १–१ गरिन् ।

छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले कान्तिपुर कलेजलाई सडनदेथमा ६–५ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीसुट आउटमा गएको थियो । पेनाल्टीसुट आउटमा पनि ५–५ गोलले बराबरी भएपछि खेलको निर्णय सडनदेथबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मनिष भुजेल घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले भानु कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ द म्याच सौगात राई र सदानन्द मास्कीले १–१ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर