AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकपको फाइनलको पहिलो हाफमा घरेलु टोलीको अग्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७९, बिहीबार १९:५९
324
Shares
विराटनगर । सातौं संस्करणको विराट गोल्डकपको फाइनल खेल सुरु भएको छ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ६ः४५ बजेबाट उपाधिको लागि पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) भिड्दैछन् ।

उपाधि जित्न दुवै टोली आत्मविश्वासी देखिएका छन् । खेल सुरु भएको सातौ मिनेटमा विराटनगर सिटीले सुरुवाती अग्रता लिएको छ । विराटनगरका अफिज ओरवाले डिबक्स भित्रबाट गोल गरी टिमको सुरुवाती अग्रता दिलाएका हुन् । बिमल घर्ती मगरले निकालेको लामो पास विराटनगरका अफिजले गोलमा परिणत गरेका हुन् । खेल सुरु भएको सातौ मिनेटमा पाहुना टोली केरलाले गोल खाएपछि दवावमा परेको छ । पहिलो हाफ सकिएको छ । पहिलो हाफसमा विराटनगरले अग्रता लिएको छ ।

केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साविक बिजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।

घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो । विराटनगर ६१ औं वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलन खेलबाट बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको छ । घरेली टिमलाई फाइनलमा पु¥याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर