मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

खबर पूर्वाञ्चल, २७ बैशाख २०८०, बुधबार १८:१९
900
Shares

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु भएको हो ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको स्कुटी चालक काफलेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिट आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तिव्र बनाएको प्रहरीले जनाएको छ ।

‘ओभर स्पिटमा टिपर आएर ठक्कर दिएको प्रत्यक्षदर्शीले भनेका छन्,’ ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसैले दुर्घटना भएको देखिन्छ ।’ घटनाको विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरिर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले मृतकको शव सडकमै रहेको छ । घिनाघाट–विराटचोक खडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । खुल्ला सडक भएकोले तिव्र गतिमा टिपर गुडाउने भएकोेले यस सडकमा दुर्घटना बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५