AArya
RUMPUM
animated ellipse animated ellipse

गणित बिषयको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०८०, आईतवार १७:००
864
Shares
विराटनगर / गणित बिषयको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन इटहरीमा सम्पन्न भएको छ ।

गणित शिक्षा परिषद् केन्द्रीय समिति, त्रिभुवन विश्वविद्यालय गणित विभाग म्याथ काइन्ड युएसएको संयुक्त आयोजनामा सम्पन्न भएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गणित विषयका विज्ञहरुद्वारा १२ ओटा कक्षा कोठामा विभिन्न २४ शिर्षकमा ३–३ वटा सत्रमा कोशी प्रदेशका गणित बिषयका शिक्षकहरुलाई नविनतम विधि र पद्धतिको बारेमा तालिम प्रदान गरेका थिए।

गणितलाई जीवन र खेलसँग जोडेर कसरी सजिलो तरिकाले अध्यापन गराउन सकिन्छ भनेर विभिन्न सत्रमा अतिथि गणितिज्ञहरुले विभिन्न तरिकाले प्रशिक्षण प्रदान गरे ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा गणित शिक्षा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. हिराबहादुर महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा , परिषदका राष्ट्रिय उपाध्यक्षहरू प्रा. उमानाथ पाण्डे ,रमेश प्रसाद अवस्थी , महासचिव श्रीप्रसाद घिमिरे र केन्द्रीय सदस्यहरू गुरू पौडेल,रामकृष्ण पन्थी, प्रेमाकुमारी ढकाल , घनश्याम अधिकारी निवर्तमान कोशी अध्यक्ष जीवन नेपाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष रमेशकुमार अवस्थी , सल्लाहकार दण्डपाणी गौतम, इटहरी उपमहानगरपालिका का शिक्षा महाशाखाका उपसचिव सुर्य प्रसाद सुबेदी , कस्तुरी कलेजका प्रिन्सिपल भुपेन्द्र न्यौपाने , डा. आन्द म्याग्लोन। डा.भेषप्रसाद मैनाली लगायतले बोलेका थिए । सो अवसरमा डा. महर्जनले यो ऐतिहासिक सम्मेलनले गणित शिक्षा परिषद्लाई हौसला प्रदान गरेको र छिट्टै नै एउटा गणितको प्रयोगशाला स्थापित गरी देशभरका गणित विषयका शिक्षकलाई त्यहीबाट अनलाइन तालिम प्रदान गरिने बताए । उपाध्यक्ष अवस्थीले विगत १० बर्षदेखि सहकार्य गर्दै आएकोमा विभाग म्याथ काइन्ड युएसएलाई धन्यवाद ज्ञापन गरी आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेको बताए ।

झापा , सुनसरी , मोरङ , संखुवासभा ,भोजपुरका स्थानीय तह , विभिन्न संघ संस्था , विद्यालय तथा व्यवसायी हरूको आर्थिक तथा अन्य सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । गणित शिक्षा परिषद् कोशी प्रदेश सचिव चिरञ्जीवी पाण्डेले सञ्चालन गरेको उत्त कार्यक्रम कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टको अध्यक्षतामा सम्पन्न सम्मेलनमा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका ६५० शिक्षक हरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर