मेयर कोइरालाको नेतृत्वमा प्राविधिकसहितको टोलीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन

खबर पूर्वाञ्चल, १७ असार २०७९, शुक्रबार १७:५५
126
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा हुने बाढी र डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ ।

मेयर नागेश कोइराला नेतृत्वमा प्राविधिकसहित बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको छ । अवलोकनका क्रममा कोइरालाले महानगरभित्र देखिएको बाढी र डुबान समस्याको समाधान दीर्घकालीन योजना बनाएर समाधान गर्ने प्रतिबद्धता जनाए ।

अहिलेको योजनाभन्दा फरक योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । इन्जिनियर अर्जुन थापासहितको प्राविधिक टोलीलाई साथै लिएर मेयर कोइराला बाढी र डुबानबाट बढी प्रभावित विराटनगर वडा नम्बर ३, ५, १५, १८ र १९ नम्बर को अवलोकन गर्न पुगेका थिए । सो क्रममा ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, १५ का वडाध्यक्ष प्रकाश साह, १८ का वडाध्यक्ष जितेन्द्रकुमार साह, १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेले आफ्नो वडामा बाढी र डुबानले पु¥याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

डुबान र बाढीकै समयमा अवलोकन गर्दा योजना बनाउन सहज हुने भएकाले प्राविधिकसहित अवलोकन गरिएको मेयर कोइरालाको भनाइ थियो । “हामी जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको एक महिना नबित्दै विपदको सामना गर्नुप¥यो, बाढी र डुबान समस्याका लागि पूर्वतयारी गर्नै पाइन,” मेयर कोइरालाले भने, “अब कुन–कुन ठाउँमा के कारणले डुबान भयो भन्ने बारेमा हामीले जानकारी पाइसकेका छौं त्यसैअनुसार योजना बनाएर काम गर्छौं । आजको भोलि समस्या समाधान नहोला, त्यसका लागि ठूलै बजेट आवश्यक पर्छ । क्रमशः समस्या समाधान गर्दै जान्छौं ।”

अवलोकनका क्रममा सम्बन्धित वडामा खटिएका इन्जिनियरहरूलाई वडाभित्र डुबानका कारण र समाधानका उपायसहित एक हप्ताभित्र प्रतिवेदन तयार पारेर ल्याउन निर्देशनसमेत दिए । मेयर कोइरालाले पूर्वाधार विकास आयोजनाका प्रमुख इन्जिनियर सुशील श्रेष्ठलाई घिनाघाट पुल र पुष्पलालचोक–विराटचोक सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । “इन्जिनियर साब को ठेकेदार छ, ऊसित कुरा गरेर तत्काल निर्माणलाई गति दिनुप¥यो,” उनले भने, “घिनाघाटको पुल भाँचिने अवस्थामा पुगेको छ ।”

आवतजावत गर्न जोखिम छ ।” सो अवसरमा १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेले सिघिंया पुल दक्षिणको तटबन्धका कारण पुल जोखिममा परेको बताए । सो तटबन्धका कारण पूर्वतर्फको जमिन काटेर बस्ती नै खोलाले बगाउने अवस्था सिर्जना भएको उनको भनाइ थियो । ५ नम्बर वडाका अध्यक्ष सन्तोष न्यौपानेले नहर र पुराना नाला सफा नगर्दा डुबान समस्या आएको बताए ।

१५ का वडाध्यक्ष प्रकाश साहले सिक्स लेन सडकका कारण वडाभित्रका त्रिवेणी, पारिजात, भट्टाटोल, चौधरी, पशुपति, बंगाली, रामजानकी टोल पूरै डुबेको जानकारी दिए । “पानीको निकासका लागि सडकबाट क्रसिङ नहुँदा १५ नम्बर वडा पूरै डुब्यो,” वडाध्यक्ष साहले भने, “त्यसका लागि सिक्स लेन सडक काटेर मुनिबाट भए पनि पानीको निकास खोज्नुपर्छ ।” १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साहले एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को पर्खालका कारण धेरै बस्ती डुबानमा परेको सुनाए । ३ नम्बर वडाका स्थानीयले उदयमार्गमा पानीको निकास नहुँदा डुबान हुने गरेको गुनासो पोखे । उनीहरूले उदयमार्गको पानीको सहज निकासका लागि घोगा पैनीको नालामा लगेर मिसाउन सकिने सुझाव दिए ।

सबै वडाध्यक्ष र स्थानीयको गुनासो सम्बोधन गर्दै मेयर कोइरालाले समाधान खोज्नकै लागि आफू स्थलगत अवलोकनमा आएको प्रस्ट्याए । सुख्खा मौसममा अवलोकन र अध्ययन गर्दा समस्याको पहिचान नहुने उनको भनाइ थियो । “तपाईंहरूले देखिरहनु भएको छ, मसित इन्जिनियर साब पनि आउनु भएको छ, हिजो–अस्ति वर्षा हुँदा पनि धेरै ठाउँ पुगेर हेरेको छु,” उनले भने, “समस्या समाधान गर्नका लागि उपाय खोज्नकै लागि म आएको हुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५