सुनसरी /प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई ध्यानकर्षण पत्र बुझाउदै संकटको समयमा पत्रकार महासंघ सुनसरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको औल्याएको छ ।
‘संकटसँग जुधिरहेका सञ्चारकर्मी र सञ्चार संस्थाहरुको राहतकोलागी आवश्यक कार्यक्रम ल्याउन नसकेकोले सञ्चारजगतको भूमिका समेत खुम्चिने अवस्था आएको’ ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । महामारीको समयमा पत्रकारहरुलाई घरबाटै काम गर्ने वातावरण बनाउन भूमिका खेल्न, पारिश्रमिक नपाएका पत्रकार तथा सञ्चार गृहबाट निकालिएका पत्रकारहरुलाई आवश्यक सहयोग गर्न र संकटको समयमा तत्काल प्रभावकारी कदम चाल्न महासंघको ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र बुझदै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले जिल्लाका सञ्चारसंस्था र सञ्चारकर्मीको अभिलेख राख्ने काम गरिरहेको भन्दै तत् पश्चात कार्यक्रम ल्याउने आश्वासन दिए ।
तपाईको प्रतिक्रिया