सट्टेबाज र अवैध मुद्राको केन्द्र बन्दै विराटनगर

खबर पूर्वाञ्चल, १२ असार २०७८, शनिबार १८:५९

विराटनगर / विराटनगर महानगरपालिका जुवा तथा सट्टेबाजी (फाट्का) र अवैध मुद्रा ओसारपसारको केन्द्र बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजानिक गरेको एकवर्षको अवधीेका मुख्य कामको सूचिमा सट्टेवाज, अवैध मुद्रादेखि फेसबुक अपराध र त्यसका विरुद्धका उजुरी तथा अनुसन्धानको संख्या उल्लेख्य छन् । मोरङमा एकवर्ष अगाडी सुरक्षाको जिम्मेवारी लिएर आएका प्रहरी उपरीक्षक सन्तोष खड्का नेतृत्वको टोलिले गरेका मुख्य कामको सूचिमा फरक किसिमका अपराधको ट्रेन बढ्दै गएको उल्लेख गरिएको छ ।

२०७७ जेठ ९ गते मोरङ हाँजिर भएका एसपी खड्काले शुक्रबार मात्रै मोरङ छोडेर केन्द्रीय अपराध अनुसन्धान ब्यूरो गएका छन् । एसपी खड्काको ठाउँमा जनार्दन जिसीले मोरङको कमाण्ड सम्हाल्ने गरि आउँदै छन् । सरुवा भएका जिसी केहिदिनमा मोरङमा हाँजिर हुने बताइएको छ । यस बीचमा मोरङमा उनको नेतृत्वको टोलिले हारजित हुने जुवा र सट्टेबाजीमा संलग्न ७४ जना मानिस व्यक्ति, २८ वटा सवारी साधन र १५ लाख ८८ हजार ७ सय ४१ नगद पक्राउ गरेको छ ।

भारतमा आईपीएल चल्दा विराटनगरमा मोवायलबाटै सट्टेबाज चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरु विरुद्ध मुद्दा दर्ता समेत गरेको उल्लेख छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले मुख्य अभियुक्तको नाम हाल्दा अन्य छुटेको हुनसक्ने आशंका गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५