AArya
animated ellipse animated ellipse

विश्वमा महंगो मुल्यमा विक्री हुने अवैध लागूऔषधसहित व्यापारी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७७, बुधबार १६:४६
9
Shares
विराटनगर / विश्व बजारमा महंगो मूल्यमा विक्री हुने ‘मेथामफेटाइन आइस’ नामक लागूऔषधको कारोबारमा मोरङको सुन्दरहैचा नगरपालिकाका एक जना व्यापारी संलग्न रहेको पाइएको छ ।

सुन्दरहरैचान नगरपालिका – ८ सलकपुरका ४२ वर्षिय राजन भन्ने रामप्रसाद पोखरेल विश्व बजारमा महंगो मुल्यमा विक्री हुने लागूऔषधको अवैध कारोबारमा संलग्न गरेको पाइएको हो । उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको प्रहरीले जनाएको छ । यो प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालकै तेस्रो घटना भएको बताइएको हो ।

विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन भएको थियो । परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

प्रहरीले पोखरेलको साथ र घर गरि ५ सय ३० ग्राम मेथामफेटाइन आइस नामक लागूऔषध बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले बरामद गरेको सो लागूऔषधको अन्तराष्ट्रिय बजार मूल्य प्रतिग्राम ८० डलर रहेको छ । यो लागूऔषध नेपालमा ल्याएर प्रति ग्राम ९ हजार ६ सयमा विक्री वितरण हुने गरेको प्रहरीको अनुसन्धान बाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेका पोखरेल सुन्दरहरैचामा सुन चाँदी पसल र मोरङको बुढीगंगा गाँउपालिका ६ स्थित कमरपुर डंग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखानाको सञ्चालक हुन् । विशेष सूचनाको आधारमा मोरङ प्रहरी र प्रदेशको लागूऔषध नियन्त्रण विशेष ब्यूरोले व्यवसायी पोखरेललाई विराटनगर २ बरगाछी चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इराकबाट १० वर्ष अघि नेपाल आएर सुनचाँदी व्यवसायमा लगानी गरेका पोखरेलको करडौं रुपैयाँ लगानी गरेको पैसा व्यवसायमा डुबेपछि विश्व बजारमा महंगो मुल्यमा विक्री वितरण हुने अवैध लागूऔषधको कारोबारमा लागेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

प्रहरीका अनुसार कारखाना घाटामा गएपछि पोखरेलको सम्पर्क भारतीयसँग बढ्दै गएको थियो । व्यापारमा लागेको घाटा व्योहोर्न उनले लागूऔषध मेथाएन्फाटामाइनको कारोवार सुरु गरेका थिए ।

प्रहरीका अनुसार पोखरेलले करिब नौं महिना अघिदेखि कारोवार सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी आफैं डिलर भएर विभिन्न स्थानमा सप्लाई गरेको देखिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर