AArya
RUMPUM
animated ellipse animated ellipse

डाक्टरसहित कोशी अस्पतालमा संक्रमितको संख्या १ सय ३३ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७८, मंगलवार २०:१४
378
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित चिकित्सक, नर्स र कर्मचारीको संख्या दिनदिनै बढेको छ ।

आजसम्ममा कोशी अस्पतालमा संक्रमितको संख्या १ सय ३३ पुगेको अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । उनका अनुसार संक्रमित हुने २४ जना डाक्टर, ४२ जना स्टाप नर्स, ११ जना प्यारामेडिक्स, ७ जना प्याथालोजिस्ट, ४ जना डेन्टल डिपार्टका स्वास्थ्यकर्मी र ३६ जना कार्यलय सहयोगीमा संक्रमण देखिएको जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । कोशीमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामी उपचारका क्रममा चिकित्सक र नर्सहरू संक्रमति भएका अस्पतालले जनाएको छ ।

संक्रमति चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा रहेको उनले बताए । बिरामी उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू संक्रमित भएपछि ओपीडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको छ ।

अस्पतालमा संक्रमितको संख्या दैनिक बढ्दै गइरहेका बेला चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरू पनि पछिल्लो समय धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाह कठिन भएको यादवको भनाइ छ । ‘संक्रमितमध्ये ४ जना चिकित्सक पुनः काममा फर्केकाले सेवा प्रवाहमा केही राहत भएको छ,’ उनले भने, ‘चिकित्सकमा संक्रमण दर यस्तै रहयो र सरकारले दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाए सेवा ठप्प हुने अवस्था आउने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर