AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २ सय ४४ पुग्यो, वितेको २४ घण्टामा प्रदेश १ मा थप ७ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७७, आईतवार १९:१६
405
Shares
विराटनगर / कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको छ । वितेको २४ घण्टामा प्रदेश १ मा थप ७ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ४४ पुगेको हो । प्रदेश १ बाहेकका २० जना रहेको सामाजिक विकाश मनत्रालयले जनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिकल कलेजमा एक, म्याक्स अस्पतालमा एक, झापामा होम आइसोलेसनमा दुई र बीपी कोभिड अस्पताल धरानमा एक जनाको मृत्यु भएको हो ।

विराट शिक्षणमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धाको ज्यान गएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आज विहान १०ः३० बजेतिर मृत्यु भएको छ ।

कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको देवले बताए ।

कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको १२ दिनपछि पुरुषको ज्यान गएको हो । देवका अनुसार मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

विराटमै सुनसरीको धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको विहान ८ः३० बजेतिर मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी देवले दिए । उनका अनुसार मृतकमा निमोनियासँगै फोक्सो, मृगौला र मुटुको पुरानै समस्या थियो ।

विराटनगरको म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो १ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकै नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई कात्तिक २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको दाहालले बताए ।

त्यस्तै झापामा कोरोना भाइरस संक्रमणबाट पूर्व गाविस सचिवसहित थप दुई जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय पूर्वगाविस सचिव कुमुदचन्द्र झाको आफ्नै घरमा आज बिहान ४ बजेर १५ मिनेट मृत्यु भएको हो ।

कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीका अनुसार दिर्घरोगी झा लामो समयदेखि सिकिस्त थिए । झा भद्रपुर जेसीजका सन १९९६ का अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए ।

त्यस्तै कोरोना संक्रमित एक वृद्धाको झापकै अर्जुनधारामा आजै विहान मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीय महिला रहेकी छिन् । उनको घरमै मृत्यु भएको वडा अध्यक्ष लोकनाथ गौतमले जानकारी दिए । उनको विराट मेडिकल कलेज विराटनगरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट शनिवार मात्रै पोजेटिभ आएको थियो ।

यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको क्रममा वृद्धको आज दिउँसो १ः५ बजे मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर