विराटनगर अस्पतालमा कोभिड र नन कोभिड सुत्केरीलाई एकै ब्लकमा राखेर उपचार गर्दा विरामीका आफन्त ससंकित

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७८, आईतवार १५:५६

विराटनगर / विराटनगरस्थित विराटनगर अस्पताल प्रा.लिको गाइने ब्लकमा कोरोना संक्रमित र सामान्य विरामी दुवैलाई एकै ब्लकमा राखेर उपचार गरिरहेको पाइएको छ ।

अस्पतालको गाइने ब्लकबाट अन्य कोठामा प्रवेश गर्ने ढोका एउटै भएको हुदाँ अन्य विरामी र परिवार यतिबेला ससंकित भएका छन् । दुई दिन अघि सुत्केरी गराएका विराटनगर महानगरपालिका ८ का विरामीका आफन्तले अस्पताललाई जानकारी गराएपनि सुनुवाई नभएको बताए । अस्पतालले सुरक्षित मापदण्डलाई पालना नगरेको देखिएको उनको गुनासो छ । गाइने ब्लकमा प्रवेश गर्ने ढोका एउटा रहेको छ । सोही ढोका हुदै संक्रमितलाई ल्याइने र उनका आफन्तहरु आउ जाउ गर्ने हुदाँ अन्य विरामीलाई चिन्ता बढेको उनले बताए ।

गाइनो ब्लकमा ६ जना डेलिभरी केस राखिएको छ । जसमा हिजो बेलुका र आज विहान दुईजना संक्रमित सुत्केरी महिलालाई उपचारका लागि भर्ना गरिएको छ । वार्डमा कार्यरत स्वास्थ्यकर्मीले सावधानी अपनाएर कार्य गरेपनि संक्रमितको उपचार र अन्यको उपचार गर्दै गर्दा समस्या हुनसक्ने भर्ना गरिएका आफन्तले बताए ।

अस्पतालका प्रशासन प्रमुख पदम विडारीका अनुसार अहिलेको अवस्थामा फरक फरक स्थानमा विरामी राखेर उपचार गर्न संभव नभएको बताउँछन् । गाइनोमा विरामी धेरै नभएको भन्दै बचाव गरेका विडारीले ब्लकका अलग कोठामा विरामी सिफ्ट गरिएको बताए । तर सो ब्लकमा कार्यरत स्वास्थ्यकर्मी मास्क र सेनेटाइजको भरमा दुवैतर्फका विरामीलाई सेवा दिइरहेका छन् । विडारीले सिमीत जनशक्ति भएको हुदाँ त्यसको विकल्प नहुने बताउँछन् । उनी भन्छन्, ‘एउटा ब्लक र फरक फरक कोठामा विरामी राख्द समस्या हुदैन ।

अस्पतालका कर्मचारीले संक्रमित र सामान्य दुवै विरामीलाई सेवा दिन्छन् । बाध्यता हो । यसमा हामी केही गर्न सक्तैनौ ।’
अर्कोतर्फ, उपचारका लागि अस्पतालमा पुगेका विरामी भने प्रशासनको रुखो ब्यवहार गरेको बताउँछन् । उनीहरुको भनाईमा कोभिड र नन कोभिड विरामीलाई एकै स्थानमा राखेर उपचार गरिदाँ भोली अन्यलाई असर पर्नसक्नेतर्फ अस्पताल आफैपनि सजग भएको देखिएन ।

ब्लकमा कार्यरत कर्मचारीपनि आफूहरु मास्क, सेनेटाइजको भरमा कार्यमा खटिएको बताउँछन् । पिपिई सेट लगाएर संक्रमितको उपचारमा खटिनुपर्नेमा त्यो नपाएको अन्य विरामीका आफन्तहरुले गुनासो गरेकाछन् । संक्रमित महिला राखिएको कोठाबाट परिवारका सदस्यहरु अधिक ओहोरदोहोर गरिरहदाँ त्यसको असर अन्यलाई पनि परिरहेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५