RUMPUM
animated ellipse animated ellipse

एमालेको जिल्लाव्यापी चुनावी प्रचार अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७९, बुधबार २०:०४
135
Shares
विराटनगर / स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानलाई सशक्त बनाएका छन् ।

मोरङका १७ वटै पालिकाका स्थानीय सञ्चारकर्मीहरुले दिएको जानकारी अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई तिव्रता दिएका हुन् ।

केराबारीबाट त्रिलोचन पौडेका अनुसार पालिकाका अधिकाँश वडाहरुमा उम्मेदवारहरुले घरदैलो सम्पन्न गरिसकेका छन् । जनताको उत्साहजनक सहभागिता रहेका घरदैलो तथा कोणसभा कार्यक्रमहरुमा उम्मेदवार र पार्टी नेताहरुले निर्वाचनवाट विजयी भएर पालिकाको नेतृत्व लिएपछि जनताका अपेक्षाको सही सम्वोधन हुने जनाएका छन् ।

त्यसैगरी मिक्लाजुङ्बाट सन्तोष गौतमले पनि पालिका विभिन्न ठाउँहरुमा भव्य र सव्यरुपमा चुनावी प्रचारको काम जारी रहेको बताए ।

उर्लावारीबाट सुमन घिमिरेका अनुसार एमालेका मेयर उपमेयर सहित विभिन्न वडाका उम्मेदवारहरु आफ्ना प्रतिवद्धताहरु लिएर जनताका घरदैलोमा पुग्नेक्रम चलिरहेको छ । सबैजसो ठाउँहरुमा यसपटक एमालेलाई नगरपालिकाको नेतृत्वमा पु¥याउनुपर्ने धारणा राख्तै जनताका समस्याहरुका समुचित सम्वोधनका लागि उम्मेदवाहरुलाई सुझाएका छन् ।

नेकपा एमालेका उम्मेदवारहरु पथरी शनिश्चरेका विभिन्न वडाहरुमा चुनावी अभियान दिनरात जुटिरहेको प्रतिक्रिया स्थानीय पत्रकार सन्तोष राईले जनाएका छन् ।

कानेपोखरीबाट दिनेश सुव्वाले बताए अनुसार यसपटकको निर्वाचनमा एमालेप्रतिको जनधारणा एकदमै सकारात्मक रहेको छ । कानेपोखरीका मेयर उपमेयर सहित सबै वडाका उम्मेदवार चुनावी प्रचार अभियानमै केन्द्रित रहेका छन् । २४ गतेसम्ममा घरदैलो कार्यक्रम पूर्णरुपमा सम्पन्न हुने उनको अनुमान ।

बेलबारीका पत्रकार खनिन्द्रकुमार राईका अनुसार बेलबारीमा सबैजसो राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार अभियान जारी राखेका छन् । आफ्नो चुनावी प्रचार अभियानकै सन्दर्भमा नेकपा एमालेले आज आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

सुन्दर हरैंचामा पनि पार्टीहरुले चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छन् । पत्रकार किशोर वुढाथोकीका अनुसार नेकपा एमालले भने आफ्ना मेयर उपमेर लगायत सबै वडाका अध्यक्षहरुलाई समेटेर चुनावी प्रचार अभियान सञ्चालन गरेको छ । जनतासामू जाँदा एमालेले जनताका अपेक्षाहरुलाई आफ्ना प्रतिववद्धतासँग जोडेको छ ।

वुढीगंगाबाट पत्रकार सञ्जय चौधरीका अनुसार नेकपा एमालेले त्यहाँ पनि चुनावी प्रचार अभियानलाई तिब्रता दिएको छ । अधिकाँश ठाउँहरुमा मर्यादित रुपमा घरदैलो कार्यक्रम सम्पन्न भइरहेका छन् । एमालेप्रतिको जनअपेक्षाका विषयमा जानकारी गराउन स्थानीय पार्टी कमिटीले पत्रकार सम्मेलन गराउने तयारी भइरहेको पनि उनले बताए ।

विराटनगरका मेयर तथा उपमेयरका साथमा निरन्तर चुनावी अभियानमा रहेका पत्रकार सशाङ्क पौडेलले १९ वडामध्ये अधिकाँशमा एमालेका नेताहरुसहित उम्मेदवारहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् । यसक्रममा जनताको एमालेप्रति उत्साहपूर्ण सद्भाव रहेको उनले बताए ।

पत्रकार रोमा दाहालका अनुसार कटहरीमा पनि एमालेले चुनावी प्रचार अभियानका रुपमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

धनपालथानका विभिन्न वडाहरुमा अरु पार्टीहरु जस्तै एमालेले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको पत्रकार कमल रिमालले बताए ।

पत्रकार विद्यानन्द चौधरीका अनुसार रंगेली नगरपालिकामा एमाले चुनाव प्रचार अभियान अन्यपार्टीको भन्दा प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।

अन्य पार्टीहरुले चुनावी प्रचार अभियानका क्रममा आचारसंहित उल्लङ्घन गरेका छिटपुट घटना उल्लेख गर्दै रतुवामाईबाट पत्रकार किशोर विश्वकर्माले नेकपा एमालेले भव्य र सभ्य रुपमा प्रचारलाई व्यवस्थित गरेको जानकारी दिए ।

त्यसैगरी पत्रकार विश्वकर्माकै अनुसार नेकपा एमालेले सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा पनि चुनावी प्रचार अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर