RUMPUM
animated ellipse animated ellipse

नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७९, बिहीबार १८:१९
162
Shares
विराटनगर / नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा सञ्जालका संरक्षणसमेत रहनु भएका महानगरका मेयर नागेश कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आठौं नगर बाल भेलाले आदित्य झाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो ।

सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भएका थिए । कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारी र सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नगर बाल सञ्जाललाई महानगरका १९ वटै वडामा सक्रिय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बालकल्याण अधिकारी मञ्जु लोहनीले नगरमा बालबालिकाको अवस्था र महानगरले बालबालिकाको क्षेत्रका गरिरहेको कार्यका विषयमा जानकारी दिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर