AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उप्रेतीको ‘नजरभित्र’ मुक्तकसंग्रहको विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७८, शनिबार २०:००
153
Shares
विराटनगर / मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तकसंग्रह आज विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा उप्रेतीको पहिलो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार हरि कट्टेल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले विमोचन गरे ।

विमोचित संग्रहका बारेमा समालोचक हरि कट्टेलले टिप्पणी गरेका थिए । संग्रहमा मुक्तककार उप्रेतीले समसामयिकदेखि समाजका विभिन्न विषयवस्तुलाई सशक्त रुपमा उठाएको उनको भनाइ थियो ।

त्यस्तै कवि भरत गुरागाईं ‘बर्बरिक’, विनोद विवश, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी रायमाझी र मीना श्रेष्ठ ‘सवि’ले संग्रहभित्रका मुक्तकहरु वाचन गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय ५८ वटा मुक्तक संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर