RUMPUM
animated ellipse animated ellipse

नागेशको चुनावी अभियानमा केन्द्रीय नेता अृमत र विमलेन्द्र सक्रिय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७९, सोमबार १९:०४
738
Shares
विराटनगर / नेपाली कांग्रेसका युवा नेता अमृत अर्यालले नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकामा मेयर पदका उम्मेदवार नागेश कोइराला र गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन आग्रह गरेका छन् ।

विराटनगर १८ ले आयोजना गरेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता अर्यालले कांग्रेसले जितेमात्रै नगरको समग्र विकास संभवन हुने बताए । उनले भने,“कोइरालाले जित्नु भयो भने मात्र यहाँ विकास सम्भव हुन्छ ।”

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले कांग्रेसलको पक्षमा मतदान गर्न आग्रह गरे । उनले अब देशको विकास स्थानीय सरकारबाट धेरै सम्भव हुने वातावरण बनेकोले विराटनगर जस्तो ठाउँमा कांग्रेसको जित सुनिश्चित हुनुपर्ने जिकिर गरे ।

त्यस अवसरमा पार्टीका युवा नेता गुरुराज घिमिरेले विराटनगरको विकासको खास योजना कांग्रेससँग मात्र भएको दाबी गरे ।

मेयरका उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्नेमा जोड दिए ।

गठबन्धनबाट उपमेयरका उम्मेदवार तथा जसपा नेता अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर