AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ इन्चार्जमा गिरी, संयोजकमा श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७८, शुक्रबार ०६:३२
1.09k
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र निकटका खेलकुदकर्मीको संगठन अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इचार्जको जिम्मेवारी विराटनगरका किरण गिरीले पाएका छन् ।

यस्तै प्रदेश संयोजकमा सुनसरीका रितेश श्रेष्ठ चयन भएका छन् । अखिल नेपाल खेलकुद महासंघको काठमाण्डौमा सम्पन्न विस्तारित बैठकले गिरी र श्रेष्ठलाई उक्त जिम्मेवारी तोकेको हो ।

बैठकले प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जहरु तोकेको छ । जस अनुसार ताप्लेजुङमा दावा छिरिङ, पाँचथरमा सुरेश साह, इलाममा गंगाप्रसाद फियाङ, झापामा मदन खड्का, धनकुटामा नयन श्रेष्ठ, तेह्रथुममा प्रेमबहादुर खड्का, संखुवासभामा दिव्यराज बराल रहेका छन् ।

यस्तै भोजपुरमा बाजेन्द्र राई, सोलुखुम्बुमा नाम्गेल शेर्पा, मोरङमा द्वारिका रेग्मी, सुनसरीमा भुपेन्द्र चाम्लीङ राई, उदयपुरमा दिपक थापा, खोटाङमा ध्रुवविक्रम राई र ओखलढुंगामा आङ्दावा शेर्पा इन्चार्ज भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर