पूर्वाञ्चल खबर
इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिग सहितको वाटिका प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरे । उनले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिग निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंशनीय कार्य गरेको वताए ।
प्रदेश सांसद लिलम वस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा वाटो घाटोलगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको वताइन् । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुर्याउने राजनेताहरुको सम्झनामा सालिग निर्माण गरिएको वताए ।
उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने वताइन् । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु,पदम संजेल,गोविन कुँवरलगायत वोले ।