AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वर्षाका कारण स्थगित भयो इण्डो–नेपाल क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेल, भोली निर्धारित समयमै हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०८१, बिहीबार ११:४९
378
Shares
विराटनगर / चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको आजको दुई वटा सेमिफाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ। आज विराटनगरको जुट मिल खेलमैदानमा हुने भनिएका दुवै खेलहरू भोली शुक्रबार हुने आयोजकले जानकारी दिएको छ।

आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीका अनुसार, आज विहानदेखि निरन्तर परेको वर्षाका कारण खेल मैदान जलमग्न भएपछि दुवै सेमिफाइनल खेलहरू स्थगित गर्ने निर्णय लिइएको हो। ‘मैदानको अवस्था खेल्न अनुपयुक्त रहेकोले खेलहरू भोलिका लागि सारिएको छ,’ उनले बताए। भोलीको सेमिफाइनल खेलहरू निर्धारित समयमा नै सम्पन्न हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताको उत्साहजनक यात्रापछि चारवटा टोलीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब, भारतको हाइपर क्रिकेट क्लब पटना, विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) र विराटनगरकै होराइजन क्रिकेट क्लब सेमिफाइलनमा पुगेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार चैत ३० गते हुने फाइनल खेलको विजेता टोलीले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख १ हजार नगद पुरस्कार हात पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर