खबर पूर्वाञ्चल
विराटनगरमा प्याब्सन मोरङको १७ औं जिल्ला साधरणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘निजी क्षेत्रबाट शिक्षामा भएको लगानी राज्यले संरक्षण गरिनुपर्दछ । तेही भएर हामीले आन्दोलन पनि गरिम । त्यसपछि सरकारले तत्काल बार्तामा बोलायो पनि । अहिले छलफल छ । तेही रुपमा विधेयक ल्याए त्यो मान्नेछैनौँ,’ उनले भने, ‘बरु शिक्षा विधेयक चलाउँछौंं ।’
ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए । अन्दोलनपछि सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले बोलेका थिए ।