खबर पूर्वाञ्चल
विराटनगर / मोरङका नयाँ प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सङक्रमण फैलिन नदिन स्थानीय पालिकाले लगाएको बन्दाबन्दीलाई प्रशासनले सहयोग गरेको बताएका छन् ।
मोरङ जिल्लामा पदभार ग्रहण पश्चात आज आयोजित पत्रकार भेटघाटमा उनले सङक्रमण रोकथामका लागि सवन्धित निकायसँग सम्वन्य कायम गर्नुका साथै सीमा क्षेत्रमा कडाइ,सामजिक दुरी कायम गर्न,सेनेटाइजर गर्न र सर्तकता अपनाउन समुदायका जनचेतना वृद्धि गर्ने कार्य गरेको जानकारी दिए ।
प्रजिअ निरौलाले जिल्लामा सङ्क्रमित विरामी राख्ने आइसोलेशको सङख्या केही दिनभित्र प्रदेश सरकारबाट वृद्धि हुनेमा विश्वास व्यक्त गर्दै सरकारी नीति कार्यान्वयन,सुशासन र पारदर्शी कायम राख्नु आफ्नो मुख्य जोड रहेको बताए ।