AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कुलमा विद्यार्थीको नयाँ नेतृत्व चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०८०, आईतवार २०:२८
585
Shares
विराटनगर/ बूढीगङ्गा २ टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले शैक्षिक सत्र २०८० का लागि विद्यार्थीको नँया नेतृत्व चयन गरेको छ। आज विद्यालयमा भएको निर्वाचनमा विद्यार्थीहरुले आफ्नो मताधिकार प्रयोग गरेर आफ्नो नेता छानेका छन्।

अनलाइन भोटिङ सिस्टममा भएको उक्त निर्वाचनमा स्कुल क्याप्टेनमा अस्मिता चौधरी तथा स्कुल डेपुटी क्याप्टेनमा अन्जली दास र सुबेक्क्षा बस्नेत निर्वाचित भएका छन्। त्यसै गरि विभिन्न ४ वटा सदन सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण र माछापुच्छ्रे सदनका क्याप्टेन र भाइस् क्याप्टेन पनि निर्वाचित भएका छन्।

यस्तो कार्यक्रमले विद्यार्थीमा निर्वाचनको बारेमा सैद्दान्तिक तथा ब्यबहारिक ज्ञान प्रात हुने विद्यालयका प्रधानाध्यापक परेश पोखरेलले बताए। यसै गरी आकृति चौधरीको नेतृत्वमा जेभियर्स बाल क्लबको गठन पनि गरिएको छ। कक्षा १२ सम्म सञ्भालित बुढीगङ्गा गाउँपालिकाको पहिलो सँस्थागत उक्त विद्यालयमा हाल ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर