RUMPUM
animated ellipse animated ellipse

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७९, आईतवार १७:४४
99
Shares
विराटनगर / विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।

महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीत लहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना गर्न पूर्वतयारी, विपदका समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो ।

छलफलमा उप–मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, सशस्त्र प्रहरीका एसपी, जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी टीकाबहादुर कार्की, नेपाली सेनाका मेजर, नगर प्रहरीका प्रमुख राजन पौडेल, विभिन्न राजनैतिक दलका महानगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा विपदको समयमा उद्धार, राहत वितरण तथा घाइतेको उपचारका विषयमा छलफल गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर