AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजले गर्यो १२५ विद्यार्थी सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०८२, शुक्रबार १८:३७
441
Shares
विराटनगर / शिक्षादीप कलेज विराटनगरले कला, खेलकुद तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने १२५ विद्यार्थीलाई सम्मानित गरेको छ ।

ललितकला संगमले आयोजना गरेको जिल्ला स्तरिय प्रतियोगितामा प्रथम, दोश्रो र सान्तवना हुने विद्यार्थी, जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ‘फस्ट रनरअप’ भएका क्रिकेट खेलाडीहरु, बाँस्केटवल खेलाडीहरु र कलेजले सञ्चालन गरेको प्रि–इञ्जिनियरिङ र प्रि–मेडिकलको आन्तरिक परीक्षा तथा कक्षा ११ र १२ को दोश्रो त्रैमासिक परीक्षामा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुलाई आज कलेजले एक कार्यक्रमको आयोजना गरि अवार्ड वितरण गरेको हो ।

ललित कला प्रतियोगितामा जिल्ला प्रथम सनम झा, दोश्रो अपेक्षा राई र सान्तवना हुने खुशी सोनी सम्मानित भएका छन् । क्रिकेट र बाँस्केट वलका खेलाडीहरुको टिमलाई कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले सम्मानित गरे ।

कलेजले सञ्चालन गरेको परीक्षामा सर्वाधिक अंक ल्याउने कक्षा १२ की सिरिन भट्टराई ९५.४४ प्रतिशत, सकिल अहमद हक ९५.११ प्रतिशत, समिर डोटेल ९२.७१ प्रतिशत, सौगात सुवेदी ९१.८८ प्रतिशत, सामा अजुम ९०.६७ प्रतिशत अंक ल्याएका छन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

कक्षा ११ को परीक्षामा सर्वाधिक अंक ल्याउने सुबोध साह ९२ प्रतिशत, एलिशा सापकोटा ९१.२९ प्रतिशत, युवसन वस्नेत ९० .४२ प्रतिशत र प्रिति देव ९० प्रतिशत लगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि शिक्षादीपले नियमित रुपमा सम्मान कार्यक्रम गर्दै आएको बताए । उनले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेमात्रै उनीहरुलाई प्रोत्साहन हुने र अन्य विद्यार्थीहरुलाई पनि उत्प्रेरणा हुने बताए।

कलेजले हरेक साता मेडिकल र इञ्जिनियरिङको परीक्षा सञ्चालन गर्दै आएको निर्देशक रामचन्द्र अधिकारीले बताए। उनले ११ सय विद्यार्थीहरुवीच भएको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु सम्मानित भएको बताए ।

विद्यार्थीहरुलाई प्रिन्सिपल खड्का, मुख्य निर्देशक रमेशकुमार मण्डल, निर्देशकहरु डा ललितनारायण मण्डर, राजेन्द्रप्रसाद यादव, रामचन्द्र अधिकारी, भूपेन्द्र दाहाल, विज्ञान संकायका संयोजक नविनकुमार रायलगायतले सम्मानित गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर