विराट एक्पो : सिंङ्गिङ आइडलका लागि अडिसन सुरू

खबर पूर्वाञ्चल, २३ मंसिर २०७९, शुक्रबार १०:५८
270
Shares
विराटनगर/विराटनगरमा मंसिर २९ गतेदेखि हुने विराट एक्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो ।

सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू छनोटको काम आयोजक उद्योग संगठनको हलमा थालिएको छ । एक सय ५० प्रतिश्पर्धीबाट ३० जना प्रतियोगिताका लागि छनोट गरिने इभेन्ट को–अर्डिनेटर करण देवले बताए । ३० जना मध्येबाट ग्राण्ड फिनालेमा ५ जना जाने देवले जानकारी दिए । उनले अडिसनबाट छानिएका प्रतियोगि मध्ये प्रथम द्वितिय र तृतीय हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए ।

प्रदेश १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता आयो जना गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आइडलको ग्राण्ड फिनाले एक्स्पोको अन्तिम दिन हुने र निर्णायक गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५