मोरङ कारागारमा एक जना कैदीको मृत्यु

खबर पूर्वाञ्चल, १६ कार्तिक २०७९, बुधबार १२:१३
324
Shares
मोरङ कारागारको अहिलेको भवन
विराटनगर / विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको हो । खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनी अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी भएको निमित्त जेलर तुलसीराम भगत जानकारी दिए । सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेको भगतले बताए ।

तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको भगतले बताए । उनका अनुसार बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते विहान विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा हिजो साँझ ६ः१० बजेतिर मृत्यु भएको जानकारी भगतले दिए ।

कारागारका अनुसार खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो । पछिल्लो समय खाना रुची नहुने समस्या पनि थपियो । मृतकको शव कोशी अस्पतालमै राखेर आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको भगतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५