विराटनगर ./विराटनगर बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्कको फुटपाथ (पेटी) मा वेवारिसे अवस्थामा आज पहिचान नखुलेको पुरुष मृत फेला परेको हो ।
मृतक पुरूष आज विहान बसपार्क तिर हिडडुल गर्दै आएको स्थानियले देखेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।