ग्रेडेड स्कुलमा किड्स कल्चरल कस्टुम शो

खबर पूर्वाञ्चल, १७ मंसिर २०७९, शनिबार १३:३५
297
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड स्कुलमा किड्स कल्चरल कस्टुम शो आयोजना गरिएको छ ।

कक्षा १ देखि ३ सम्मका ६४ जना विद्यार्थी सहभागी भएका थिए । विभिन्न धर्म ,संस्कृति, जाति आदिको भेसभूषा प्रस्तुती गरिएको थियो । कार्यक्रमको निर्णायकको रुपमा फेशन कोरियोग्राफर तथा मेकअप आर्टिस विद्या न्यौपाने रहरहेकाी थिइन् ।

कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुती गरेका थिए । छात्र तर्फ अनिश राजवंशी प्रथम गौरव राजवंशी, विश्वेश भट्टराई र अभिनव पौडेल द्वितीय भए भने अलेक्स पोखरेल र सुदेश श्रेष्ठ तृतीय भए । त्यस्तै छात्रा तर्फ लिजा राजवंंशी प्रथम,सलिन्ता सुवाल,सम्बृद्धी सुवेदी ,इशिका यादव द्वितीय भए भने इशानी सिंह र प्रसम्शा बिष्टले तृतिय जितिन ।

विद्यार्थीको प्रस्फुट गर्ने उदेश्यले यस्ता प्रकारको विभिन्न कर्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवाल ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५