खबर पूर्वाञ्चल
प्रेस सेन्टर मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुस १० गते पूरा हुदैछ,’ उनले भनिन्, ‘अहिलेको भन्दा हाइस्पिटको गियर चेन्ज गरेर सरकारले काम कारवाही अगाडी बढाउनेछ ।’ एक वर्षको अवधिमा सरकारले प्राथमिकतामा राखेको सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने काममा सफल भएको मन्त्री शर्माले बताइन् । यस अवधिमा ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता ठूला काण्डहरुमा सफल अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न सरकार सफल भएको र त्यसले सुशासन स्थापनामा सरकार प्रतिबद्ध रहेको पुष्टि भएको उनले बताइन् ।
सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने उनले बताइन् । मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि(आइटी) सेवा निर्यात गरी स्वदेशमै बसेर प्रसस्त विदेशी मुद्रा आर्जन गर्ने सम्भावना बढेको भन्दै त्यसलाई नयाँ रोजगारीको क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताइन् ।
तपाईको प्रतिक्रिया