animated ellipse animated ellipse

आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०७९, शुक्रबार १७:१४
162
Shares
विराटनगर / प्रदेश १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन: निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा आज सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्की यसअघि पनि आइटिएफ तेक्वाण्डो संघ प्रदेशको अध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास गरेर अगाडी बढने बताए । राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट छुटयाएर यस क्षेत्रको विकास गरेर अगाडी बढनुपर्ने बताए ।

आइटिएफ तेक्वाण्डो संघको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिव चन्द्रबहादुर तामाङ्ग, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ रहेका छन् । यस्तै संघको सदस्यहरूमा जितन थापा, प्रल्लाद राउत, विरबहादुर तामाङ, विक्रम लिम्बु, केरिसा आचार्य, आयूषा तामाङ र दिलन राई रहेका छन् ।

कार्यक्रम खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यी सचिव हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । अरु खेलमा भन्दा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले गोलमेड जित्ने भएकोले यस खेलमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको उनले बताए ।

प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागि भई मेडल जितेर ल्याउने खेलाडीहरुलाई विगतमा भन्दा यसपटक नगदसहित विशेष सम्मान गरिने उनले बताए ।

कार्यक्रममा खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य शैलेश बिष्टले एक घर एक खेलाडी उत्पादन अभियानलाई बनाएर खेलकुद क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले राष्ट्रिय चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर