पूर्वाञ्चल खबर
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आकर्षण बढेको हो ।


कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरील्याण्ड सधै उत्कृष्टमा परेको बताए ।
२०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था भएको उनले बताए । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।
उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’
कलेजले दुई जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुस्मिता खत्री र सरु खड्कालाई सम्मान गरेको हो । सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।