animated ellipse animated ellipse

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०८१, बिहीबार ११:२०
378
Shares
विराटनगर / व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगरस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आकर्षण बढेको हो ।

कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कक्षा ११ मा भर्ना भएका ६ सय ३७ बढी विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज परिसरमा अभिमुखिकरण गराएको हो । कलेजमा भर्ना भएका २३ औं ब्याजमा विद्यार्थी हुन् । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका भिसि प्राडा बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा खेलेको भूमिका पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर मेरील्याण्डले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । आजको शिक्षा प्रविधियुक्त र रोगजारमुखी शिक्षा हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थी विश्व स्तरमा बिक्ने खालको दक्ष जनशक्ति उत्पादन गरेको कारणले जुनसुकै ठाउँमा रोजगारी पाउने बताए । कार्यक्रममा कलेजका निर्देशकहरू डा. मनोज गुप्ता, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवालले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए ।

कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरील्याण्ड सधै उत्कृष्टमा परेको बताए ।

२०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था भएको उनले बताए । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

कलेजले दुई जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुस्मिता खत्री र सरु खड्कालाई सम्मान गरेको हो । सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर