RUMPUM
animated ellipse animated ellipse

विग होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गतिक कार्यक्रम प्रस्तुत गर्ने 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०८०, शनिबार १७:२७
216
Shares
विराटनगर । विराटनगरको चार तारे होटल विगले  आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
होटलले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा  काठमाण्डौको चर्चित  यशकुमार व्याण्ड, विराटनगरको स्मृति व्याण्डसहितले  साँझ ७ः ३० बजेदेखि प्रस्तुत करण गर्ने कार्यक्रम रहेको छ ।
होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममाबाट हुने आम्दानी मानव सेवा आश्रमलाई प्रदान गर्ने व्यवस्थापक नरेश श्रेष्ठले जानकारी दिए । विगतदेखि यस प्रकारको कार्यक्रममा होटलले सञ्चालन गर्दै आइरहेको  होटलका संजय साहले बताए ।
उत्कृष्ट साउण्ड सिस्टमका एवं भव्यताका साथ प्रस्तुत गरिने उक्त साङ्गतिक कार्यक्रमबाट यस क्षेत्रका युवायुवतीले उत्कृष्ट मनोरन्जन प्राप्त हुने विश्वास होटलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर