खबर पूर्वाञ्चल
अधिकारकर्मी दिनेश श्रेष्ठले नेपाली बालबालिकाको क्षेत्रमा सिविनले सवैभन्दा महत्वपूर्ण काम गरेको बताए । सिविनको काम प्रभावकारी भएको उनले बताए । अधिकारकर्मी देवी बाँस्कोटाले सिविन नेपालले आफुलाई समय अनुसार परिमार्जन गर्न आवस्यक रहेको बताए । बाल अधिकारका सवाल ३६ वर्ष अघि र पछिमा धेरै परिवर्तन भएको उनले बताए ।
कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले बाल अधिकारको क्षेत्रमा सिविन नेपालले महत्वपूर्ण काम गरेको बताए । विराटनगर महानगरपालिका बाल कल्याण अधिकारी मञ्जु लोहनीले बाल श्रम, बाल विवाह नियन्त्रणमा चुनौती रहेको बताइन् । उनले महानगरले बालबालिकाको सवालमा संघ संस्थाको सहयोगमा काम गरिरहेको बताइन् ।
सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले सिविन नेपालले अहिले बालबालिकाको मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले बाल संरक्षणको सवालमा बालिकाको अवस्था दयनिय रहेको बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा अधिकारकर्मीहरु सीता शर्मा, सरिता खनाल, विनोद पोखरेल, नवराज निरौला, स्वस्तिका पोखरेल लगायतले सिविन नेपाललाई बार्षिकोत्सवको शुभकामना दिए ।
तपाईको प्रतिक्रिया