मेरिल्याण्ड कलेजमा वक्तृत्वकला

खबर पूर्वाञ्चल, ८ चैत्र २०७७, आईतवार १९:२८

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् ।

आज भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भए । ‘सामाजिक सञ्जालको प्रयोग विद्यार्थीका लागि कति उचित कति अनुचित ?’ शीर्षकमा भएको प्रतियोगितामा कलेजका दुई दर्जन विद्यार्थी सहभागिता भएका थिए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ कलेजका प्राध्यापक डा.राजन दत्त रहेको निर्णायक समितिले विजेताको घोषणा गरेको थियो । अंग्रेजीतर्फको प्रतियोगितामा आदर्श घतानी द्वितीय, स्वेता राजवंशी तृतीय र ललिता नाहाटा सान्त्वना भएका थिए । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक मनोजकुमार गुप्ता, नन्दकिशोर अग्रवाल, प्रा.डा. पिके झा, प्रदीप भगतलगायतले ट्रफी, प्रमाणपत्रसहित पुरस्कार वितरण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५