animated ellipse animated ellipse

२५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७७, शुक्रबार १५:३८
3
Shares
विराटनगर / कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ ।

विराटनगरको इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गरे ।

चिकीत्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताए । प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उनले बताए । आवस्यकता परेको खण्डमा पुन सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो । ७ दिन अस्पतालमा वसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर आज डिस्चार्ज भएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर