विराटनगर / कारखाना यूवा समूहले बिरामीलाई खाना पुर्याउने रोबोट बनाएका छन् । कोरोनाका संक्रमितको उपचार गरिरहेको कोशी अस्पताललाई उक्त रोबोट हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरपालिकाको सहयोगमा निर्माण गरिएको रोबोट महानगरपालिकाका प्रमुख भीम पराजुली अस्पतालका प्रमुख डा. संगीता मिश्रालाई कोभिड–१९ उपचार केन्द्रमा प्रयोगमा ल्याउन हस्तान्तरण गरे ।
मेसु मिश्रले काशी अस्पतालमा उपचाररत ३१ जना कोरोना संक्रमितलाई रोबोटमार्फत् खाना र आवश्यक सामान पु¥याउन सहज हुने बताइन् । अहिलेसम्म अस्पतालका कर्मचारीले नै संक्रमित बसेको कोठाको अगाडिसम्म खाना लैजाने गरेका थिए । अब रोबोटबाट पठाउँछौं उनले भनीन । रोबोटमा क्यामेरा पनि फिट गरिएको छ । त्यसले बिरामीको अवस्था हेर्ने र उनीहरू बसेको ठाउँसम्म रिमोटबाट पठाउन सहज हुनेछ ।
विराटनगरका नौ जना युवाको समूहले बनाएको रोबोट कोरोना संक्रमितको उपचारमा निकै सहयोगी हुने विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए । संक्रमितलाई आवश्यक सरसामान दिन र खाना पु¥याउन पनि निश्चित दूरी कायम गर्नुपर्ने अवस्थामा युवाहरूबाट भएको यो सहयोग निक्कै उपयोगि हुने प्रमुख पराजुलीले बताए ।