AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजले आयोजना गरेको कविता प्रतियोगितामा उन्नति पहिलो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७९, शनिबार १५:२६
225
Shares
विराटनगर / विराटनगरस्थित अरनिको उच्च माविले कविता प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा ‘मौनता’ शीर्षकको कविता वाचन गरेर उन्नति पौडेल प्रथम भइन् । त्यस्तै ‘देह त्याग’ शीर्षकको कविता वाचन गरेर आगमन नेपाल द्वितीय, आखिर मलाई सबैले के देख्छन् शीर्षकको कविता वाचन गरेर क्रस्मा राई तृतीय हुन सफल भइन् । कवि भरत गुरागाईं, मीनकुमार नवोदित र अम्विका खरेल उप्रेतीको निर्णायक मण्डलले ‘हो यो कथा सबैको’ शीर्षकको कविता वाचन गर्ने दीक्षा मिश्रा र ‘थोत्रो घर’ शीर्षकको कविता वाचन गर्ने युगेश अधिकारीलाई सान्त्वना घोषणा गरेको थियो ।

प्रतियोगितामा ११ र १२ कक्षामा अध्ययनरत ६६ जना विद्यार्थीले कविता वाचन गरेका थिए । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए।

कार्यक्रममा तीनैजना निर्णयसहित ईश्वरी गौतम र अरुण कोइरालाले अप्रितियोगी कविता वाचन गर्नु भएको थियो । लक्ष्मीप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजका संस्थापक भरतराज दाहाल, उमेन्द्रविलास लुइँटेल, निलम अधिकारी, शैलेश झा, डा.भविन्द्र निरौला, विकास खनाललगायतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर