कोरोना महामारीका कारण दुई वर्ष रोकिएको राधाकृष्ण रथयात्रामा हजारौ भक्तजन,१२ तस्वीरहरु

खबर पूर्वाञ्चल, ४ भाद्र २०७९, शनिबार १७:५८
423
Shares
विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा हजारौ भक्तजन सहभागि भएका छन् ।

तर कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा रथयात्रा भएन् । माहामारीको जोखिमकाबीच आज निकालिएको रथयात्रामा हजारौ भक्तजन सहभागि भएका हुन् ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा निकालिने यो रथयात्राले ५४ औं संस्करण पुरा गरेको छ । विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजेर ५० मिनेटमा रथयात्रा सुरु भएको हो ।

तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोशी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो ।

सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोडशेष चोकबाट घुमाएका छन् ।

विक्रम संवत १९८९ सालबाट सुरु भएको खट यात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औँ संस्करण भने खट यात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथ २२ फिट लम्बाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ ।

रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आएका छन् ।
रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति बनाइएको छ ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ । ९ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित गरिएको छ । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिएका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५