ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१९ पदक जित्ने कोशी प्रदेशका तेक्वान्दो खेलाडीलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ श्रावण २०८०, बिहीबार १८:१५
333
Shares
विराटनगर / कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ ।

भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दीक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी ७ स्वर्ण पदक, ६ रजत र ६ कास्य पदक गरी १९ वटा पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरिएको नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए ।

अगस्ट ६ तारिकमा सम्पन्न भएको ७ औं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भई नेपालको प्रतिनिधित्व गर्दै १० जना खेलाडीहरू सहभागि भएका थिए । जसमध्ये मोरङबाट कुसुम राजवंशीले एक्ल स्पाइरिङ्ग ५२–५८ केजी तील समूहको विद्यामा स्वर्ण पदक र गु्रप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक गरी जम्मा २ स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै मोरङकै सविना मगरले एक्लै स्पारिङ्ग ४०–४६ केजी तौल समूहको विद्यामा स्वर्ण पदक र रातो पेटी एक्ल प्याटन विद्यामा रजत पदक गरी जम्मा २ पदक दिलाएकी थिइन् । त्यस्तै मोरङकै सोमबहादुर राजवंशीले एक्ल स्पाइरिङ्ग ४७–५२ केजी तौल समूहको विद्यामा स्वर्ण पदक र रातो पेटी एक्ल प्याटन विद्यामा रजत पदक गरी जम्मा २ पदक दिलाउन सफल भएका थिए । मोरङकै केरिषा आचार्यले ग्रुप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक, एक्लै स्पाइरिङ्ग ५८– ६४ केजी तौल समूहको विद्यामा रजत पदक र कालो पेटी दोस्रो डान एक्लै प्याटन विद्यामा रजत गरी जम्मा ३ पदक दिलाएकी थिइन् । मोरङकै नितेश खवास एक्ल स्पाइरिङ्ग ५८– ६४ केजी तौल समूहको विद्यामा कास्य पदक र ग्रुप स्पाइरिङ्ग विद्यामा कास्य पदक गरी जम्मा २ पदक दिलाएका थिए ।

त्यसैगरी झापाका रोशन मगरले एक्ल स्पाइरिङ्ग ७८– ८५ केजी तौल समूहको विद्यामा स्वर्ण पदक र ग्रुप स्पाइरिङ्ग विद्यामा कास्य पदक गरी जम्मा २ पदक दिलाएका थिए । झापाकै श्यामप्रसाद बासकोटाले एक्लै स्पाइरिङ्ग ५२–५८ केजी तौल समूहमा कास्य पदक दिलाउन सफल भएका थिए । त्यसैगरी भोजपुरका विरबहादुर तामाङले एक्लै स्पाइरिङ्ग ७८–८५ केजी तौल समूहको विद्यामा कास्य पदक दिलाएका थिए । भोजपुरकै सजिना तामाङले ग्रुप स्पाइरिङ्ग विद्यामा स्वर्ण पदक, एक्लै स्पाइरिङ्ग ५२–५८ केजी तौल समूह विद्यामा रजत पदक र रातो पेटी एक्ल प्याटन विद्यामा कास्य पदक गरी जम्मा ३ वटा पदक दिलाउन सफल भएकी थिइन् । त्यसैगरी पाँचथरका आलोक राईले एक्ल स्पाइरिङ्ग ४५–५१ के जी तौल समूह विद्यामा रजत पदक दिलाउन सफल भएका थिए । नेपालका तर्फबाट मोरङका राजेन्द्र धिमाल र झापाका चन्द्र बहादुर तामाङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

पदक ल्याउने खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर