ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

होमियोपैथिक पद्धतिको समुचित विकास र विस्तार गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७७, सोमबार २०:३४
72
Shares
विराटनगर / प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सीलको व्यवस्था गर्न सुझाव दिईएको छ ।

सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोपैथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाउँदै कार्यदलले सो सुझाव दिएको हो । कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोपैथिक शाखा कायम गर्नुपर्ने सुझाव दिएको छ ।

होमियोपैथिक चिकित्सा पद्धतीको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवस्यकता कार्यदलले औल्याएको छ । प्रदेश १ मा ८० वटा होमियोपैथिक सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोपैथिक संस्थाहरुबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्यविवरण दिईएको थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

कार्यदलमा अल नेपाल होमियोपैथिक एशोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोपैथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र रायलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर