पूर्वाञ्चल खबर
सरकारको आलोचना गर्नेमा बिपक्षी दल भन्दा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरु अग्रपंक्तिमा उभिएका छन् । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियैतले भने पार्टी, गुट र पहुँचका आधारमा बजेट विनियोजन नगरिएको जवाफ दिएका छन् । पर्यटन विकासको कार्यक्रम र योजनामा बजेट विनियोजन असमान, विभेदपूर्ण, र पूर्वाग्रही ढंगबाट गरिएको भन्दै देशसभा सदस्य खिनु लङ्वा लिम्बूले त्यसलाई सच्याउन माग गरिन्न् ।
पर्यटन पूर्वाधार विकासका लागि प्रदेश सरकारले महत्वका साथ अगाडि सारेको राजनेता पार्कको विषयमा सत्तारुढ दलका सांसदहरुले सरकारसँग स्पष्टताको माग गरेका छन् । सांसद विमल कार्कीले राजनेता पार्कलाई बतासे योजनाको संज्ञा दिए । राजनेता पार्क सरकारको बतासे योजना हो, राजनेता को हो र कस्तो राजनेताको कुरा गरेको हो सांसद कार्कीले सोधे यस्तो कामले राजनीतिक नेतालाई सम्मान भन्दा बदनाम गर्नेतिर नै योगदान पुग्ने भएकोले यस्ता बतासे योजनाहरु नबनाइयोस ।
छलफलमा पर्यटन क्षेत्रको बजेट मन्त्री र राज्यमन्त्रीको क्षेत्रमा केन्द्रीत गरेको तर आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन नगरिएको आरोप सांसदहरुले लगाए । प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले मन्त्री र राज्यमन्त्रीले पर्यटन क्षेत्रको बजेट दुई तीन जिल्लामा केद्धीत गरेको तथा साना भन्दा साना योजनाहरुमा बजेट राखेर पर्यटन विकासको प्रवल सम्भावना भएका क्षेत्रलाई वेवास्ता गरिएको टिप्पणी गरे ।
प्रदेशसभा सदस्य जयराम यादवले झापा, मोरङ र सुनसरीका तल्लो क्षेत्रमा पर्यटन विकासका लागि सरकारले कुनै योजना नबनाएको र बजेट विनियोजन नगरेकोमा सन्तुष्टि जनाउँदै पहिलो पटक प्रदेश सरकारले राजा विराटको दरवारको पूर्वाधार विकास गर्न विनियोजन गरेको १५ लाख रुपैयाँ फिर्ता लैजान भने ।
प्रदेशसभा सदस्य निरन राईले धनकुटाको साँघुरीगढी क्षेत्रको पर्यटन विकासका लागि सस्कारले ध्यान नदिएको टिप्पणी गर्दै प्रतिफल दिनसक क्षेत्रमा लगानी गर्नुपर्नेमा सस्कारले त्यसको पहिचान नै नगरेको टिप्पणी गरे ।