नर्सिङ्ग स्टाफलाई दक्ष बनाउन प्रसुतिकर्मी तालिम

खबर पूर्वाञ्चल, १७ श्रावण २०७८, आईतवार १७:५४

विराटनगर / मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि विराटनगरमा दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ ।

धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो । उक्त तालिम शनिबारदेखि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सुरू भएको छ । मोरङ र सुनसरीका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् ।

प्रसुति गराउँने काममा लामो अनुभव हासिल गरेका शान्ति टण्डन, सकुन्तला सिटौला, गिता कोइराला र इन्दिरा गौतमले उनीहरुको दक्षता अभिबृद्धि गराउँन सैदान्तिक र व्यवहारिक सीप सिकाउँने छन् । उनीहरुलाई २० दिन सैदान्तिक तालिम प्रदान गर्ने र वाँकी ४० दिन प्रसुति गराउँने काममै लगाएर दक्ष बनाइने बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेशकुमार मेहता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहितकुमार पाण्डे, नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रिन्सिपल डा.रामहरी घिमिरे, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, मेट्रोन कल्पना पोख्रेल, नर्सिङ्ग डाइरेक्टर निलम झा र करुणा फाउण्डेशनका प्रोग्राम मेनेजर सन्तोष घिमिरेले यस्ता तालिमले मातृ मृत्युदर घटाउँन सघाउ पुर्याउँनेमा जोड दिए । उनीहरुले तालिमबाट सकेसम्म बढी सीप सिकेर व्यवहारमा उतार्न सहभागिहरुलाई सुझाव पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Rashmigiri लेख्नुहुन्छ

    Malai ni yo training garnuxa k garnu parxa

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५