खबर पूर्वाञ्चल
सो अवसरमा दुहबी १२ बुगडरीमा रहेको विद्यालयले विद्यार्थी तथा अभिभावकमा भगवान बुद्धको जीवनी र सन्देश प्रवाहगर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरेको हो । विद्यालय प्राङ्णमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले नृत्य, गीत तथा नाटकमार्फत भगवान बुद्धप्रति श्रद्धा प्रकट गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले “बुद्धका उपदेश” शीर्षकको नाटक प्रस्तुत गरे । नाटकमा बुद्धको जीवन र दर्शन झल्काईएको थियो ।नाटकमा कक्षा १ देखि ८ सम्मका एक दर्जन विद्यार्थीहरूले सहभागिता जनाएको स्कुलका संस्थापक प्रिन्सिपल सन्जु बन्जाराले जानकारी दिए। उनले विद्यार्थी तथा अभिभावकलाई बुद्धको ज्ञान र उपदेशका बिषयमा थप जानकार बनाउन कार्यक्रम गरिएको बताए।
सो अवसरमा विद्यार्थीहरुले बुद्धसँग सम्बन्धित गीतहरूमा नृत्य पनि प्रस्तुत गरे जसले दर्शकको मन जितेको थियो । कार्यक्रमको समन्वय स्कुलका नृत्य प्रशिक्षक आरके पाण्डेले गरेका थिए।यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिक मूल्य र व्यवहार विकासमा सघाउ पु¥याउने स्कुलका निर्देशक सुनिल बंजाराले बताए।
कार्यक्रममा संगितकार तथा गायक प्रबलदीप विश्वासले समेत आफ्नो प्रस्तुति राखे। विक्रमसम्बत २०५५ सालमा स्थापना भएको सो विद्यालयमा हाल कक्षा नर्सरीदेखि ८ सम्ममा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय निदैशक बञ्जाराले जानकारी दिए।