वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा रचित एवं गायन गरिएको ‘वषैं पछि ’ नामक गीतको युट्यूब मार्फत लोकार्पण गरिएको छ ।
गीतमा विराटनगरका शहरको र यसका विशेषता सम्वन्धमा जानकारी मूलक सन्देश प्रवाह गरिएको छ । उक्त गीतबाट हुने आम्दानीलाई गरीव,असाहयमा खर्च गरिने बेल्जियमबाट गायक सापकोटाले अनलाइन मार्फत जानकारी दिए । अर्का गायक मुरारीले आगामी दिन यस शहर तथा प्रदेशप्रति समर्पित रहने अन्य गीत ल्याउने जानकारी समेत दिए ।
गीतको नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रमा मण्डल,विराटनगर वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईले संयुक्त्त रुपमा लोकार्पण गरे ।सो अवसरमा कलाकार श्रेष्ठ, गायक मण्डल, गिरी र गुरागाईले यस क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन हामी सबैको ध्यान जार्नुपर्ने आवश्यक्त्ता रहेको बताए ।
कलाकार सापकोटाले अग्निपथ नामक नेपाल चलचित्रमा नायकको रुपमा भूमिका निर्वाह गरिसकेका अर्को गायक मुरारीले पाँच सय भन्दा वढी गीत गाउनका साथै टेलिरियल, कविता, उपन्यास प्रकाशन गरेका छन् ।
सोही अवसरमा गायक मण्डलले आफुले गायन गरेको नेपाली चलचित्रको गीतहरु गाएर मनोरञ्जन प्रदान गरे ।
तपाईको प्रतिक्रिया