animated ellipse animated ellipse

विराटनगरबाट धरान रेफर गरिएका मोरङका संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७७, बुधबार २०:०५
3
Shares
विराटनगर / विराटनगरमा अवस्था गम्भीर भएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट आज दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानमा भेन्टिलेटरमा उपचाररत ४५ बर्षीय संक्रमित पुरुषको पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनी आज दिउँसो १ बजेतिर अत्यन्तै सिकिस्त अवस्थामा कोशी कोभिड १९ अस्पतालबाट प्रतिष्ठान आएको डा.सापकोटाको भनाइ छ ।

समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर