विराटनगर/ साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आज भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २– १ गोलले. होलले हराउँदै सिरहा सेमिफाइनलमा पुगेको हो ।
जितको लागि सिरहाका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्तवना गोल धनकुटाका सन्दिप लिम्बुले फर्काए ।धनकुटाविरुद्ध सिरहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुप¥यो । उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिरहालाई अग्रता दिलाए ।
केही आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिरहा अब्बल रह्यो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औं मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।
थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिरहाका विश्वास राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । निर्णायक गोल गर्ने सिरहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिरहाबीच हुनेछ ।
तपाईको प्रतिक्रिया