खबर पूर्वाञ्चल
बालसन्त मोहनशरण देवाचार्यले उक्त मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।
भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।
वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकमबाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।
यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिबलिङ ल्याइएको हुँदा यसको महत्व पनि उत्तिकै रहेको छ ।