AArya
RUMPUM
animated ellipse animated ellipse

जीव वैज्ञानिकहरु कोभिड सचेतना अभियानमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७७, शुक्रबार २१:१०
3
Shares
विराटनगर / प्रदेश १ मा रहेका जीव वैज्ञानिकहरुले कोभिड सचेतना अभियान सुरु गरेका छन् ।

विभिन्न सरोकारवालाहरुसँग छलफल,सचेतना सामग्री निर्माण तथा प्रशारण,स्रोत व्यक्तिको रुपमा कार्य गर्ने र सामाजिक सञ्जालमार्फत् सचेतनामूलक सामग्री प्रवाह गर्ने अभियान सुरु गरिएको प्रदेश १ वैज्ञानिक समूहका संयोजक गणेश तामाङले बताए ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा आफ्नो भूमिका खोज्दै वैज्ञानिकहरुले यस्तो अभियान सुरु गरेका हुन् । संयोजक तामाङले भने–‘अघिल्लो महिनादेखि प्रदेश १ का जीव वैज्ञानिकहरु एकीकृत भएका छौँ र पहिलो चरणमा नीति निर्माता तहका व्यक्तिहरुसँग छलफल चलाएका छौँ ।’ यसअघि मुख्यमन्त्रीका प्रमुख सल्लाहकार,आन्तरिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री र शिक्षा विकास निर्देशकसँग छलफल गरी वैज्ञानिकहरुले आफ्नो राय प्रस्तुत गरेका थिए ।

‘सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् सचेतनामूलक सामग्रीहरुको प्रस्तुति गर्दै आएका छौँ’ –तामाङले भने–‘हामीले रोष्टर तयार गरेका छौँ यदि कुनै आम सञ्चारका माध्यमबाट स्रोत व्यक्तिको भूमिकामा आमन्त्रण गरेमा हाम्रो ज्ञान सर्वसाधारणसम्म पुर्याउन तयार छौँ र सो काम गरिरहेका पनि छौँ ।’ कोभिडबारे जिज्ञासाहरु भएमा उहाँहरुको पेजमा जो कोहीले राख्न सकिने र सोको समाधान पाइने व्यवस्था गरिएको छ ।

जीव वैज्ञानिकहरुले पीसीआर परीक्षणका लागि प्रदेश सरकारसँग अनुमति माग गरेका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानका सहायक क्याम्पस प्रमुखसमेत रहेका सूक्ष्मजीव वैज्ञानिक हेमन्त खनालले पीसीआर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको प्रयोगशाला क्याम्पसमा रहेकोले आफूहरु सो काम गर्न तयार रहेको बताए । साथै स्वाबको नमुना संकलनका लागि समेत जनशक्ति वैज्ञानिक समूहमा रहेका छन् । ‘कुनै पनि तहका सरकारले चासो राखेमा हामी सहयोग गर्न इच्छुक छौँ’– खनालले भने ।

संयोजक तामाङले भने– ‘कोरोना भाइरस र कोभिडका बारेमा सचेनतामूलक सामग्री र पुस्तकहरु बनाउने तयारी पनि भइरहको छ ।’ समूह निर्माणका सूत्रधार मानिएका वरिष्ठ वैज्ञानिक डा. दिनेशराज भुजुले सात वटै प्रदेशमा यस्ता समूहहरु निर्माण गरी वैज्ञानिकहरु स्वचालित रहेको बताए । डा. भुजुका अनुसार नेपालमा ९० हजार वैज्ञानिक जनशक्ति छ जसमध्ये २२ हजार साधारण विज्ञानसँग सम्बन्धित छन् । प्रदेश १ वैज्ञानिक समूहमा जीव विज्ञान अन्तर्गतका प्राणीविज्ञान,वनस्पति, सूक्ष्मजीव विज्ञान, जीवरसायन,जैविक प्रविधि,वातावरण विज्ञानलगायत विधाका वैज्ञानिकहरु समाविष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर